Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसदमा योगेश भट्टराईको प्रश्न – के सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो ?

    संसदमा योगेश भट्टराईको प्रश्न – के सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएका छन् ।

    शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले आपत्ति जनाएका हुन् ।



    सांसद भट्टराईले भने, ‘के सत्तापक्ष हामीसँग भिड्न खोजेको हो ? यदि सरकार हाम्रा नेता–कार्यकर्ता, एमालेलाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ म गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु।’



    एमाले नेताहरूमाथि आक्रमण हुँदा प्रहरी र सरकार मौन बसेको सांसद भट्टराइले आरोप लगाए । एमालेमाथि पटकपटक आक्रमण भइरहेकोले स्वीकार्य नहुने भन्दै उनले गृहमन्त्रीसँग जवाफ मागे ।

    पहिचानवादीको आन्दोलनमा सत्ताधारी दलका केही प्रतिनिधिले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई आक्रमण गरेको भट्टराईको भनाइ थियो । उनले सत्तापक्षले नै अराजकता सिर्जना गरिरहेको समेत आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार