Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जलहरी प्रकरणको भ्रष्टाचार सम्वन्धी अभिव्यक्ति रेकर्डबाट हटाएकोमा सांसद खतिवडाको आपत्ति

    जलहरी प्रकरणको भ्रष्टाचार सम्वन्धी अभिव्यक्ति रेकर्डबाट हटाएकोमा सांसद खतिवडाको आपत्ति

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 540
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद्मा रेकर्डबाट हटाउने परम्परा सँधैका लागि हटाईनुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुन भनेर पित्तल लगाएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको आरोप संसद्को रेकर्डबाट हटाएको भन्दै आपत्ति जनाएका हुन् ।



    सांसद खतिवडाले संसदमा सांसदहरुले उठाएको महत्वपुर्ण विषयहरु संसदको रेकर्डबाट हटाउन नहुने बताए ।



    उनले भने, ‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार