Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महेश बस्नेतले दिउसै गाँजा खाएर कांग्रेस फुटाउने गफ दिएको खतिवडाको दाबी

    महेश बस्नेतले दिउसै गाँजा खाएर कांग्रेस फुटाउने गफ दिएको खतिवडाको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस फुटाउने हैसिएत आफूसँग भएको दावी गरेको २४ घण्टा पनि वित्न नपाउँदै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले त्यसको कडा प्रतिवाद गरेका छन् । नेता खतिवडाले पूर्वमन्त्री समेत रहेका बस्नेतले दिउँसै गाँजा खाएर बोल्न थालेको टिप्पणी गरेका हुन् ।

    नेता बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने हैसियत भएको बताएको कुरा सञ्चारमाध्यममा आउने वित्तिकै नेता खतिवडाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन् ।’



    नेता खतिवडाले ट्वीटरमा लेखेका छन्–‘महेश बस्नेत भन्ने पुर्ब मन्त्री र माननीय दिउसै गाजा खाएर गफ दिन थालेछ्न। काङ्ग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुई तिहाई बाटअल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माझ समुह) हटाइएको अनि रास्ट्रपतिको सहाराले अध्यादेशमा अपहरण मार्फत देश चलाएको बिर्से कसो ?
    अपहरण बन्द गर !’



    नेता बस्नेतले आज आयोजित युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई फुटाइदिने चेतावनी दिएका थिए । यद्यपी उनकै पार्टी भने फुटको संघारमा छ । कुन दिन फुट्ने हो एमालेकै केन्द्रीय स्तरका नेताहरुलाई नै पत्तो छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार