Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

संसदमा रघुजी पन्तको प्रश्न - अखण्ड भारतको नक्सामा नेपालले चित्त बुझाएको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नक्साको विषयमा भारतीय पक्षबाट आएको स्पष्टीकरणमा नेपाल सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको धारणा र भारतीय पक्षको भनाइ कुन सही हो भन्दै प्रस्ट पार्न माग गरेका हुन् ।

अखण्ड भारतको नक्सा सम्बन्धमा नेपालले कुरा बुझिसक्यो भन्ने भारतीय विदेशमन्त्री डा एस जयशंकरको अभिव्यक्तिबारे उनले संसदमा सरकारको जवाफ माग गरे ।

सांसद पन्तले भने, ‘भारतीय विदेशमन्त्री जयशंकरले नेपालले कुरा बुझिसक्यो, नेपालले विवाद गर्ने छैन भन्नुभयो । सत्य कुरा के हो ? भारतले भनेको सत्य हो कि हाम्रा प्रधानमन्त्रीले संसदमा बोलेको सही हो ? नेपालीको चित्त धेरै चाँडो बुझ्छ, अखण्ड भारतको नक्साको विषयमा नेपालले चित्त बुझाएको हो ?’

पन्तले नेपालले धेरै चाँडो चित्त बुझाउने गरेको भन्दै अखण्ड भारतको विषयमा दिल्लीको भनाइमा चित्त बुझाएको हो भन्दै प्रश्न गरे ।

उनले भारतीय विदेशमन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा त्यस विषयमा कुरा नभएको जानकारी गराएको र प्रधानमन्त्रीले संसद्‍मा सबै विषयमा कुरा भएको जानकारी गराएकाले कुरा बाझिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077