Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुन्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताएका छन्।

बजेटमाथि संसदमा भएको छलफलमा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् । बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए ।

उपमहासचिव शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताए ।

उपमहासचिव शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ? याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।’

संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077