Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ५७ लाख ठगी, एक जना पक्राउ

    घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ५७ लाख ठगी, एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 978
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची-११ घर भई काठमाडौंको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भनिने रामचन्द्र चालिसे रहेका छन् ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा र विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिलाई ऋण दिन्छु भनेर उनीहरुसँग ५७ लाख २० हजार लिएका थिए ।



    उनले अर्काएको नागरिकता दुरुपयोग गरेर विभिन्न बैंकमा खाता खोली ती खाताको चेक दिइ उनीहरुलाई ठगेको पाइएको प्रहरीले जनाएको छ ।

    घर जग्गा लोन सेवा नामको फेसबुक पेजबाट सम्पर्क भएका रामचन्द्र चालिसेबाट कोही ठगीमा परेको भए जिल्ला प्रहरी परिसर टेकुमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार