Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पौने ४ करोडको जग्गा ठगी, हुमनाथ कोइराला पक्राउ

काठमाडौं । काठमाडौं भ्युटावर निर्माणका ठेकेदार मध्येका एक हुमनाथ कोइराला ठगी अभियोगमा पक्राउ परेका छन् ।

ठगी अभियोगमा पक्राउ परेका कोइराला पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावर बनाउने कम्पनि विकोइ बिल्डर्सका मालिक हुन् । स्रोतका अनुसार गत जेठ ४ गते उनलाई झापा प्रहरीले पक्राउ गरेको थियो । उनले झापाकै मदन कुमार अधिकारी, गिता अधिकारी पौडेलसहित ८ जना व्यक्तिलाई ठगी गरेको आरोप छ ।

उनले अधिकारीको नाममा रहेको झापाको सााविक मधुमल्ला ६ ख हाल कमला गाउँपालिका वडा नम्बर ५ मा पर्ने कित्ता नम्बर २०१०,२०११, २०१३,२०१४, १४९३ लगायतको जम्मा १ रोपनी १३ आना जग्गा १ करोड रुपैयाँ दिएर राजिनामा पास गरेर लिएका थिए ।

उक्त ३ करोड ७५ लाख रुपैयाँमा डिल भएको र उक्त रकम कोइरालाले तिर्नुको सट्टा गुणराज थापा लगायत व्यक्तिलाई विक्री गरेका थिए । स्रोतका अनुसार उनी विरुद्धको मुद्दामा जिल्ला अदालत झापामा थुनछेक बहस चलिरहेको छ । शुक्रबार भएको बहसमा उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077