Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

विश्वविद्यालय माग्दै कैलालीमा सरकारविरुद्ध आन्दोलन चर्कियो, २८ गते सुदूरपश्चिम बन्द

कैलाली । कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सरकारविरुद्ध आन्दोलन चर्किएको छ ।

गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम बन्दको आह्वान गरेको हो ।

संघर्ष समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शालीन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दा पनि यहाँको जनताको मागप्रति सरकार उदासीन बनेको भन्दै बाध्य भएर आमहड्तालको कार्यक्रम गर्नुपरेको बताएको छ ।

समितिका संयोजक लोकराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा सुनुवाइ नगरिए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077