Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान सक्दैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डका बाँकी दोषीहरुलाई कानुनको कठघरामा खडा गर्न माग गरेका छन् ।

शुक्रबार पार्टी आबद्ध जनवर्गिय संगठनहरुको संयुक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको चुरोसम्म पुग्न र दोषीलाई कारबाही गर्ने हिम्मत गर्नसमेत आग्रह गरे ।

उनले ठूला भ्रष्टाचार काण्डका फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्ने बताए । उनले भने, 'वाइडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमण जस्ता जघन्य भ्रष्टाचारका काण्डहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।'

उनले संघीयताले मुलुकको टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनुपर्ने माग गरे । नागरिकता विधेयकले देशको स्वाधीनताको रक्षा गर्न नसक्ने भन्दै उक्त विधेयक खारेज गर्नुपर्नेमा उनको जोड छ ।

यस्तै उनले गणतन्त्रका संवाहक शक्तिमाथि प्रश्न उठाएका छन् । उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए । राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077