Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले तिरायो फलफूल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन नगर्ने नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना गरेको छ ।

महानगरपालिकाको प्रहरी बलले शुक्रबार संघलाई पचास हजार रुपैयाँ जरिवाना गरेको हो ।

वडा नम्बर १४ कुलेश्वरमा रहेको थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर व्यवस्थापन नगरेकाले जरिवाना गरिएको महानगरले जनाएको छ ।

महानगर प्रहरीले अनुगमनको क्रममा कुलेश्वर माध्यामिक विद्यालय क्षेत्रको कम्पाउण्ड क्षेत्र र अन्य क्षेत्रमा समेत फलफुल सम्बन्धी फोहोरको व्यवस्थापन नगरेको पाएपछि जरिवाना तिराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077