Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सिजनको अन्तिम चरणको तीन खेलहरु हुँदैछन् ।

जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब दिउँसो २ बजे भिड्नेछन् ।

यस्तै, रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५ः३० बजे सुरु हुनेछ । त्यसैगरी च्यासल मैदानमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

गत सिजन ए डिभिजनमा बढुवा भएका चर्च ब्वाइज युनाइटेड क्लब शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077