Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरी हिरासत फोडेर भागेका थुनुवा पुनः पक्राउ

    प्रहरी हिरासत फोडेर भागेका थुनुवा पुनः पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् ।

    शनिबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादवलाई क्राउ गरेको हो ।



    योसँगै इप्रका महेन्द्रनगरको हिरासत कक्षबाट फरार रहेका ६ जना नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये यसअघि ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको थियो ।

    पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार