Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा पनि नेपाल पराजित

    नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा पनि नेपाल पराजित

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 858
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोटको तयारी अन्तर्गत दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १५७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३६ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायो ।



    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले ३० र गुल्शन झाले २४ रन बनाउनुबाहेक अरुले राम्रो राम्रो ब्याटिङ गरेनन् ।



    यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

    अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार