Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित

    पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ ।

    बिहीबार दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङ गरेको नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १३६ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेट गुमाएर भेटायो ।



    स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ५९ र रिची बेरिङ्टनले ४१ रन बनाए । नेपालका गुलशन झाले २ र सोमपाल कामीले १ विकेट लिए ।



    यसअघि दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो । नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले ३र३ विकेट लिए ।

    नेपालले दोस्रो अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार