Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको भारतमा मृत्यु

कञ्चनपुर । भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ ।

भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ।

उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए। शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए । उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077