Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

पूर्वअर्थमन्त्री पौडेल भन्छन् - सरकार आफैँले चालु खर्च कटौती गर्ने प्रतिबद्धता विपरीत बजेट ल्यायो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको बताए ।

उपाध्यक्ष पौडेलले  चालू खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको भन्दै पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि औँल्याए ।

त्यस्तै उनले बजेटमा चालु खर्च घटाउने कुरालाई इन्कार गरिएको र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी समेत गरे । उनले सरकारको सिद्धान्त र प्राथमकितासँग बजेटको सम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम ल्याउनुको औचित्य नरहने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077