Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अर्थमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न – हामीले उठाएका विषयहरू कसरी बजेटमा समावेश गर्नुहुन्छ ?

    अर्थमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न – हामीले उठाएका विषयहरू कसरी बजेटमा समावेश गर्नुहुन्छ ?

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 528
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

    आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सांसद पौडेलले यस्तो बताएका हुन् । सांसद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले राखेका विषय कसरी समावेश गर्ने योजना छ भनेर अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न गरे ।



    सांसद पौडेलले भने, ‘नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो । माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु– हामीले छलफलमा उठाएका यी विषयहरूलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ ? यो संसदलाई स्पष्ट गराइदिनुहुन म अनुरोध गर्न चाहन्छु ।’



    सांसद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने भनेकाले सो विषय कसरी समावेश गर्नु हुन्छ ? भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरे ।

    सांसद पौडेलले अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न नभएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार