Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपयुक्त समयमा राप्रपाले संविधान संशोधनको प्रस्ताव ल्याउँछ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालीहरूलाई देखाउनका लागि मात्रै पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । अध्यक्ष लिङदेनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तर हृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए ।

अध्यक्ष लिङदेनले भने,‘हामी अत्यन्त खुसी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । त्यो भन्दा खुसी के हुन्छ र ? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो । यो अन्तर हृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन ।’

अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरूलाई देखाउनका लागि मात्रै प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गरेको बताए ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताए ।  उनले राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताए ।

अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याउँने अध्यक्ष लिङदेनको भनाई छ । अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पारे । उनले हिन्दु राष्ट्र देशको लागि आवश्यक कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077