Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइनबाट यौन दुर्व्यवहार गर्ने कुलदीप पक्राउ

काठमाडौं । अनलाइनबाट यौन दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् ।

सुनसरीको दुहवी नगरपालिका-१० घर भई सोही स्थान बस्ने ३५ वर्षीय कुलदीप चौधरीलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले सुरुमा सामाजिक सञ्जालमार्फत साथी बनाएर महिलालाई गोप्य सामग्री साटासाट गर्न लगाएको बुझिएको छ ।

त्यसपछि अश्लील सामग्री बनाएर सार्वजनिक गरिदिने भन्दै दुःख दिन थालेपछि पीडितले ब्यूरोमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077