Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

    प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 534
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा ‘विनियोजन विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत भएका हुन् ।



    सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् ।



    दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार