Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • कांग्रेसले आत्मविश्वास र आशा गुमाइरहेको छ : गगन थापा

    कांग्रेसले आत्मविश्वास र आशा गुमाइरहेको छ : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 468
    SHARES

    मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

    कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताए। महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने बताए ।



    महामन्त्री थापाले चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्नुहुँदै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार