Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

नागरिकता माग्दै माइतीघरमा युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

७ दिनदेखि धर्नामा बसेका संघर्ष समितिका उपाध्यक्ष २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनको स्वास्थ्य परीक्षणको लागि ट्रमा सेन्टर लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो।

त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077