Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेशमा सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने

जनकपुरधाम । मधेश प्रदेशका सबै दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

योसँगै मधेश प्रदेशसभा प्रतिपक्षीविहीन बनेको छ।

यसअघि प्रतिपक्षीको भूमिकामा रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले समेत सरकारलाई विश्वासको मत दिने प्रदेशसभा बैठकमा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077