Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन् ।

मंगलबार प्रदेश सभामा उपस्थित १०३ जना सांसद मध्ये विश्वासको मतको पक्षमा १०३ सांसदले नै मतदान गरेका हुन् । विपक्षमा शून्य मत परेको छ ।

नेकपा एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए ।

मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077