Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको तर्फबाट आज पनि बहस जारी

    नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको तर्फबाट आज पनि बहस जारी

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट बहस सुरु भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको बहसपछि प्रतिवादीको तर्फबाट वकिलहरुले निरन्तर बहस गर्दै आएका छन् ।



    खाँण पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो ।



    पहिलो दिन खाँणको तर्फबाट १० जना वकिलले बहस गरेका थिए भने आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् । खाँणको तर्फबाट बहस गर्ने वकिलहरु धेरै भएकाले दुई दिन लागेको हो ।

    यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् । न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएका छन् । तर, अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार