Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लोकसेवाको लिखित परीक्षामा नक्कली परीक्षार्थी, नासु र सहलेखापाल पक्राउ

    लोकसेवाको लिखित परीक्षामा नक्कली परीक्षार्थी, नासु र सहलेखापाल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 663
    SHARES

    बुटवल । अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सप्तरीको राजबिराज-११ घर भएका ३० वर्षीय नारायण यादव र राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार रहेका छन् ।



    जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा सुतिहारको नाममा परीक्षा दिएका थिए ।



    अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा यादवलाई रुपन्देहीबाट पक्राउ गरिएको हो । सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् ।

    प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ । सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार