Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा भट्टराई

    नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 480
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित भएका छन् ।

    आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । मङ्गलबार सम्पन्न मतदानमा ४०४ मत खसेको थियो ।



    दश वर्ष निरन्तर नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंको नेतृत्व गरेका भट्टराईले मजदुरको हक, हित र अधिकारका लागि २०० भन्दा बढी कार्यक्रम गरेका छन् ।



    उनले गत महाधिवेशनमा बागमती प्रदेशबाट अध्यक्षको उम्मेदवारी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार