Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस बागमती: बानियाँलाई प्रधानको साथ, एक्लै भए केसी

    कांग्रेस बागमती: बानियाँलाई प्रधानको साथ, एक्लै भए केसी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    मकवानपुर । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको छ।

    यसअघि शनिबार भएको  निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्षमा बहुमत नआएपछि प्रदेश सभापतिका लागि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच आज पुन: दोस्रो चरणको निर्वाचन हुँदैछ।



    दोस्रो चरणको निर्वाचनअघि सिटौला समूहका अर्का उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेको जानकारी दिएका हुन् ।



    शनिबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवारबानियाँले सबैभन्दा बढी ९९२, केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका थिए।

    कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार