Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिनपछि सर्‍यो

    कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिनपछि सर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका अधिवेशन फेरि दुई दिन पर सरेको छ ।

    बिहीबार कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि अर्थात् फागुन १५ गते गर्ने निर्णय गरेको हो।



    अहिले नेपाल बारको सम्मेलन चलिरहेको र १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको निर्वाचन समितिका एक सदस्यले अनलाइन नेपाललाई बताए।



    मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न बाँकी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार