Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस बागमती प्रदेश: बहुमतका लागि बानियाँ र केसीबीच फेरि चुनाव हुँदै

    कांग्रेस बागमती प्रदेश: बहुमतका लागि बानियाँ र केसीबीच फेरि चुनाव हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1K
    SHARES

    मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि पुनः मतदान हुने भएको छ ।

    शनिबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२, जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत ल्याएका थिए।



    तर, कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान अनुसार आइतबार पुन: निर्वाचन हुन लागेको हो।



    निर्वाचन आयोगका अनुसार अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुनेछ ।

    शनिबार भएको निर्वाचनमा  कूल २ सय १५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार