Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित गोदावरीबाट दुई जना पक्राउ

धनगढी । प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ नमस्ते होटलको गल्ली स्थित पुनम सिजालीमगरको घरमा डेरा गरी बस्ने बिरेन्द्र वड र बिनोद दियाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरुलाई गोदावरी नगरपालिका-२को नमस्ते होटलको गल्ली बाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट वडले आफ्नो कोठामा लुकाई राखेको १९० मिलीग्राम खैरो हिरोईन र दियालको घर कोठाबाट ८५० मिलीग्राम खैरो हिरोईन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गणेशबहादुर बरालले बताए ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077