Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षे द्वन्द्वको घाउलाई कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।

पार्टी संगठनको काममा गृहजिल्ला गोरखा आएका उनले बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले केही तत्वहरू मुलुकलाई द्वन्द्व निम्त्याउने षड्यन्त्रमा लागिरहेको बताए ।

दस वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीविरुद्ध मुद्दा दर्ता भएको विषयमा प्रतिक्रिया दिँदै भट्टराईले सो कुरा बताएका हुन् ।

‘प्रचण्ड र मविरुद्ध मुद्दा हाल्नु भनेको यो पुरानो घाउलाई कोट्याएर देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ। यसमा केही पात्रहरुले उचालेका मात्रै हुन्, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077