Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कार्यालय ‘बंक’ गर्ने कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन

    कार्यालय ‘बंक’ गर्ने कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 816
    SHARES

    काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण सङ्कलन गर्न थालेको छ ।

    मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरू बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटमा अनुगमन गर्न थालिएको हो ।



    कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।



    सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

    विवरणमा अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार