Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

    प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 372
    SHARES

    काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयबाट पास लिएर उनीहरू त्यहाँ प्रवेश गरेको पाइएको छ।



    पक्राउ पर्नेहरू दिपेन्द्र सिंह, आकाश कार्की र पदम हमाल छन्। उनीहरू मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका कार्यकर्ताहरू रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



    पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको छ ।

    प्रदर्शनका क्रममा उनीहरूले नो एमसिसी, सट्प मर्दर, नो एनसेल र सेभ द नेशनल लेखेको पर्चा शरीरमा टाँसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार