Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सिंहदरबारको फुटपाथबाट प्रहरीले हटायो डोरी

    सिंहदरबारको फुटपाथबाट प्रहरीले हटायो डोरी

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 444
    SHARES

    काठमाडौं । बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार क्षेत्रको फुटपाथको डोरी प्रहरीले हटाएको छ ।

    सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएपछि प्रहरीले डोरी हटाएको हो।



    फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए ।



    सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो ।

    संसद् भवन प्रवेश गरेको आरोपमा ४८ जना महिला र एक जना पुरुष थुनामा छन् ।

    बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगको डोरी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार