Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भोलि सिंहदरबार घेराउ गर्दै स्थानीय तहका जनप्रतिनिधि

    भोलि सिंहदरबार घेराउ गर्दै स्थानीय तहका जनप्रतिनिधि

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले शुक्रबार सिंहदरबार घेर्ने भएका छन् ।

    सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् ।



    सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले जानकारी दिए ।



    त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार