Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सकियो सिंहदरबार प्रबलीकरण

    सकियो सिंहदरबार प्रबलीकरण

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 603
    SHARES

    काठमाडौँ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताए ।

    प्रबलीकरण सकिएसँगै प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । त्यहाँबाट यसअघि प्रधानमन्त्री कार्यालय मुख्य प्रशासनिक भवनको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) स्थानान्तरण भएको थियो ।



    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुधबार पूर्वी मोहडाबाट पश्चिमी मोहडामा स्थानान्तरण भएको हो । आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पश्चिमी मोहडा पहिलो तलाको पश्चिम–दक्षिण कुनामा स्थानान्तरण भएको हो ।



    सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय नयाँ भवनमा सरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ ठाउँबाट काम गर्दा नयाँ ऊर्जा प्राप्त हुने उल्लेख गरे । उनले नयाँ भवनबाट राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रेरणा मिल्ने बताउँदै मुख्यसचिव, सुरक्षाकर्मी, सबै कर्मचारीलाई नयाँ उत्साहसाथ राष्ट्र र जनताका पक्षमा सेवा गर्ने अवसर भएको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार