Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्व छनोट : ओमानले जित्यो टस , पहिला ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानसँग टस हारेको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा ओमानका कप्तान जिशान मकसुदले जितेका हुन् । टस जितेर ओमानले ब्याटिङ रोज्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

पहिलो वार्मअप खेलमा पराजित दुवै टोली जितका साथ वार्मअप खेल सकाउन चाहन्छन् । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो ।

पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो । जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो ।

तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077