Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई ओमानले दियो २६८ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अघि खेलिएको दोस्रो अभ्यास खेलमा ओमानले नेपाललाई दुई सय ६८ रनको लक्ष्य दिएको छ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको ओमानले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ६७ रन बनाएको हो ।

ओमानका लागि कप्तान जिसन मक्सुदले सतकीय पाली खेले । उनले एक सय ६ बलको सामना गरी एक सय नौ रन बनाए ।

मक्सुदको आक्रामक ब्याटिङसामु नेपालका बलर निरिह देखिएका थिए ।

सोइब खानले पनि ४८ बलको सामना गरी ३८ रन बनाएका थिए । ओमानका लागि आयान खानले पनि ४६ बलमा ५६ रनको योगदान गरे ।

जिम्बाब्वे भ्रमणअघि नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमण गरेको थियो। जहाँ नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो। नेपाली टिम त्यतैबाट हरारे पुगेको हो।

जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई, अमेरिका र वेस्ट इन्डिज गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077