Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी

काठमाडौं । भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

रिजल मेमोरियल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा गोलरहित बराबरी खेलेका छन् ।

आजको खेलमा नेपालका लागि मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

यस संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077