Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २८ जना शाखा अधिकृतको सरुवा

    २८ जना शाखा अधिकृतको सरुवा

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 690
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेको छ । सरुवा भएका कर्मचारीलाई उपत्यका बाहिरका २३ जिल्लामा पठाइएको हो ।

    सरुवा भएकामध्ये २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत छन् भने ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका छन् ।



    सामान्यबाट सरुवा भएका ५ जनालाई पनि उपत्यका बाहिर खटाइएको हो ।



    सरुवा भएका कर्मचारीलाई रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा खटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार