Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपत्यकाबाहिर चल्ने सवारीसाधनमा यात्रु चढाउने र ओराल्ने ठाउँ तोक्न कार्यदल गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र यात्रुहरू चढाउने र ओराल्ने ठाउँ तोक्न कार्यदल गठन गरेको छ ।

बिहीबार मेयर बालेन शाहको अध्‍यक्षतामा बसेको बैठकले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको हो ।

जसमा जगतमान श्रेष्ठ संयोजक, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि. सदस्य रहेका छन् ।

उक्त समितिले बसपार्कबाट छुट्ने गाडीको व्यवस्थापन गर्ने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे‍ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077