Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साढे ४ किलो गाँजासहित भक्तपुरबाट तामाङ पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङ रहेका छन् ।

बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा तामाङलाई सोधपुछ तथा चेक गर्दा ४ किलो ५२० ग्राम फेला परेको हो ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077