Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - समाजवादी मोर्चा निर्माण गर्ने समझदारी भएको छ, हल्लामा नबगौं

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले वृहत समझदारी मोर्चामा आफ्नो पार्टी सामेल हुने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेको फोटो सामाजिक संञ्जालमा राख्दैँ अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

यसअघि प्रचण्ड र भट्टराईबीच बिहीबार साँझ नै भेटवार्ता गर्ने तयारी थियो। तर प्रधानमन्त्री प्रचण्ड भेट्न भट्टराई शुक्रबार बिहान बालुवाटार पुगेका हुन्।

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हालैको भारत भ्रमण, संघीय बजेट, शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहङ्गम कुराकानी भएको छ । देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव भएसम्म सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ। बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह छ।’

नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाको कसरत भइसकेको छ। माओवादी केन्द्रसँगै मोर्चामा जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी आबद्ध हुने निश्चितजस्तै छ।

भट्टराई नेतृत्वको समाजवादी जसपाका कारण आउन आनाकानी गरिरहेको टिप्पणी भइरहेका बेला उनले प्रष्ट पारेका छन् । समाजवादी मोर्चाका योजनाकार भट्टराई पछिल्ला दिन संख्या हिसाब गरेर माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीलाई अवमूल्यन गरेको संगठन विस्तारमा लागेका थिए। उनले गोरखाबाट ६ महिने संगठन सुदृढीकरण र विस्तारको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077