Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • समाजवादी मोर्चामा समावेश हुने नेकपा एसको निर्णय

    समाजवादी मोर्चामा समावेश हुने नेकपा एसको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादी(नेकपा एस)ले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ ।

    शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।



    बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ–आफ्ना तयारी बाँकी नै रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए ।



    बैठकले समाजवादी मोर्चाबारे त्यसका सैद्धान्तिक र व्यवहारिक पक्षहरुमाथि समेत छलफल गरी मोर्चा बनाउने विषयमा औपचारिक निर्णय गरेको छ ।

    मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित दलहरू मोर्चामा सामेल हुने विषयमा छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार