Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुख घिमिरे र ट्युनिसियाका राजदूत बिलेलबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलबीच भेटवार्ता भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको बताईएको छ।

भेटमा सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कूटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने उल्लेख गरे।

ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरिन्।

साथै उनले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077