Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अझै सुरु भएन मेयर बालेनले बन्द गराएको हिसान शैक्षिक मेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला अझै सुरु हुन सकेको छैन ।

हिजो (बिहीबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौ महानगरले बन्द गराएको थियो ।

भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला महानगरले यथास्थितिमा सञ्चालन हुन नदिने भएको छ । महानगरले मेला सञ्चालन गर्न दिने निर्णय हालसम्म गरेको छैन।

स्थानीय तहसँग समन्वय नगरी एईईको रिजल्ट प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले रोक लगाएको जनाएको छ।

अहिले मेला सञ्चालन गर्ने विषयमा काठमाडौं महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको छ भने महानगर प्रहरी मेला स्थलमा तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077