Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जापान लैजाने भन्दै ठगी गर्ने राजवंशी कारागार चलान

मोरङ । जापान लैजाने भन्दै छरछिमेकी र आफन्तसँग ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका अजयकुमार राजवंशीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश दिनबन्धु बरालको इजलासले मोरङको सुनवर्षी नगरपालिका–६ का ३५ वर्षीय अजयकुमार राजवंशीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।अदालतका अनुसार इजलासको आदेशपछि राजवंशीलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ

राजवंशीले राम्रो कमाई हुने प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि जापान लैजाने भनेर ३५ जनासँग २ करोड ५८ लाख ७५ हजार २ सय ५२ रूपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले राजवंशी समुदायकै युवाहरूलाई ठगी गरेको पाइएको छ। राजवंशीबाट छरछिमेकी, आफन्त र नातागोताका युवाहरू ठगिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजवंशीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। राजवंशी वैदेशिक रोजगारीको सिलसिलामा ४ वर्षदेखि जापानमा बस्दै आएका थिए।

आफू जापानमै रहेपछि अरूलाई पनि लैजाने भनेर प्रलोभनमा पार्दै धेरै जनासँग ठूलो रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनलाई जेठ ५ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077