Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेशम चौधरीलाई भेटेपछि बाबुरामले भने - खुला आकाशमुनि हार्दिक स्वागत !

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई खाँदा लगाएर आफ्नै निवासमा स्वागत गरेका हुन् ।रेशम

लाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,'हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनी हार्दिक स्वागत !'

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।

उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्। २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077