Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • आन्तरिक राजस्वमा सुधार, विगतकै हाराहारीमा पुग्यो

    आन्तरिक राजस्वमा सुधार, विगतकै हाराहारीमा पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ ।

    आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिको तुलनामा यो एक अर्ब ७८ करोड रुपैयाँले मात्र न्यून हो । २०७९ जेठसम्म चार खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।



    ब्याज करमा भएको वृद्धिका कारण आन्तरिक राजस्व सङ्कलनमा सुधार आएको विभागको तथ्याङ्कले देखाउँछ । एक वर्षको अन्तरमा ब्याज करमा आठ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिन्छ । २०७९ जेठसम्म २३ अर्ब ३७ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएकामा चालु आर्वको सोही महिनासम्म ३१ अर्ब ४४ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएको विभागले जनाएको छ ।



    विभागका अनुसार आयकर भने गत आवको तुलनामा घटेको छ । गत जेठसम्म एक खर्ब ८२ अर्ब २३ करोड रुपैयाँ आयकर सङ्कलन भएकामा चालु आवमा भने एक खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार